सुनको मूल्यमा नयाँ कीर्तिमान, चाँदी पनि महँगियो

 संवाददाता    २०८३, १७ जेष्ठ आईतवार ११:२०     35 जनाले पढ़िसके



Spread the love

आज सुनचाँदीकै मूल्यमा भारी वृद्धि भएको छ।

सुनको मूल्य आज तोलामा २० हजार पाँचसय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मूल्य बढेर आज सुनको भाउ तोलाको ३ लाख ११ हजार १ सय रुपैयाँ पुगेको छ।

गएको शुक्रबार सुनको भाउ तोलामा ५६ सय रुपैयाँ बढेर २ लाख ९० हजार ६ सय रुपैयाँ पुगेको थियो। त्यसअघि बिहीबार सुनको भाउ तोलामा ५५ सय रुपैयाँ घटेको थियो।

आज चाँदीको भाउ पनि तोलामा ३०५ रुपैयाँ बढेर ५ हजार ३४५ रुपैयाँ पुगेको छ। गएको शुक्रबार तोलामा १७५ रुपैयाँ बढेर चाँदीको भाउ ५ हजार ४० रुपैयाँ पुगेको थियो।

गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।