सुकुम्वासीहरूको प्रदर्शन, सिटी बजाउँदै सडकमा विरोध

 संवाददाता    २०८३, १५ जेष्ठ शुक्रबार १४:४९     18 जनाले पढ़िसके



Spread the love

सरकारले विस्थापित गरेका सुकुम्वासीको उचित व्यवस्थापनको माग गर्दै शुक्रबार काठमाडौँमा प्रदर्शन गरिएको छ।

संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा नेपालको अगुवाइमा सिटी बजाउँदै प्रदर्शन गरिएको हो। माइतीघर मण्डलबाट सुरु भएको र्‍याली नयाँ बानेश्वर पुगेको थियो।

भूमिहीन सुकुम्वासी र तथा अव्यवस्थित बसोबासीलाई विकल्प विना विस्थापित गरिएको भन्दै पीडितले गुनासो गरेका छन्। राज्यले डोजर आंतक सिर्जना गरेको उनीहरूको भनाइ छ।

सुकुम्वासीप्रति ऐक्यबद्धता जनाउँदै अधिकारकर्मी, नगारिक समाजका अगुवा, बुद्धिजीव तथा जेनजी युवाले पनि प्रदर्शनमा उत्रिएका छन्।

उनीहरूले सुकुम्वासीमा डोजर आंतक बन्द गर्न र विस्थपित सुकुम्वासीको उचित व्यवस्थापन गर्न सरकारसँग माग गरेका छन्। सरकारले सुकुम्वासीको आवाज नसुनेपछि सिटी बजाएर खबरदारी गर्नु परेको उनीहरूले जनाएका छन्।