आज सुनचाँदीकै मूल्य उच्च दरमा बढेको छ। हिजो व्यापक गिरावट आएको सुनचाँदीकै भाउ आज बढेको हो।
सुनको मूल्य आज तोलामा ५६ सय रुपैयाँ बढेको छ। मूल्य बढेर आज सुनको भाउ तोलाको २ लाख ९० हजार ६ सय रुपैयाँ पुगेको छ। हिजो सुनको भाउ तोलामा ५५ सय रुपैयाँ घटेर २ लाख ८५ हजार रुपैयाँमा झरेको थियो।
सुनको भाउ बुधबार एक हजार रुपैयाँ घटेको थियो भने मंगलबार तोलामा १३ सय रुपैयाँ बढेको थियो।
दुई दिनमो ६५ सय रुपैयाँ घटेको थियो।
आज चाँदीको भाउ पनि तोलामा १७५ रुपैयाँ बढेर ५ हजार ४० रुपैयाँ पुगेको छ।
हिजो चाँदीको भाउ तोलामा २१५ रुपैयाँ घटेर ४ हजार ८६५ रुपैयाँमा झरेको थियो।