आज सुनचाँदीकै मूल्यमा व्यापक गिरावट आएको छ।
सुनको मूल्य आज तोलामा ५५ सय रुपैयाँ घटेर २ लाख ८५ हजार रुपैयाँमा झरेको छ।
सुनको भाउ हिजो एक हजार रुपैयाँ घटेर २ लाख ९० हजार ५ सय कायम भएको थियो।
गएको मंगलबार सुन तोलामा १३ सय रुपैयाँ बढेको थियो।
हिजो र आज गरेर सुनको मूल्य ६५ सय रुपैयाँ घटेको हो।
आज चाँदीको भाउ पनि तोलामा २१५ रुपैयाँ घटेर ४ हजार ८६५ रुपैयाँमा झरेको महासंघले जनाएको छ। हिजो चाँदीको भाउ तोलाको ५ हजार ८० रुपैयाँ थियो।