कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य रहेको बताएकी छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले बिभिन्न समयमा उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीलेआगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य रहेको बताएकी हुन् ।
मन्त्री चौधरीले नेपाल काठमा पूर्ण आत्मनिर्भर हुने भन्दै नेपाली बजारको माग पुरा गरेर मात्रै काठ निर्यात गरिने उनको भनाइ छ ।