संसद् बैठकमा अर्थमन्त्रीको आर्थिक सर्वेक्षण पेश गर्ने तयारी

 संवाददाता    २०८३, १३ जेष्ठ बुधबार ११:१६     20 जनाले पढ़िसके



Spread the love

प्रतिनिधिसभाका बैठक आज बस्ने भएको छ । संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्ने भएको हो ।

प्रतिनिधिसभाको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने सम्भावित कार्यसूची छ ।

आजको बैठकमा सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले राष्ट्रियसभामा उत्पत्ति भएको चलचित्र विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ ।

त्यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची रहेको छ । बजेट सार्वजनिक गर्नु अगाडी आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने गरिन्छ ।

अर्थमन्त्री वाग्लेले बिहीबार सार्वजनिक संस्थानको पछिल्लो अवस्थाको प्रतिवेदन सार्वजनिक गर्ने छन् । त्यसको भोलीपल्ट अर्थात् जेठ १५ गते आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पेश हुनेछ ।