हिजोको गिरावटपछि आज पनि सस्तो भयो सुन, चाँदी भने महँगियो

 संवाददाता    २०८३, १३ जेष्ठ बुधबार ११:१०     42 जनाले पढ़िसके



Spread the love

आज पनि सुनको मूल्य घटेको छ। चाँदीको भाउ भने बढेको छ।

मंगलबार तोलामा १३ सय रुपैयाँ बढेको सुनको भाउ आज एक हजार रुपैयाँ घटेर २ लाख ९० हजार ५ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबार सुनको भाउ तोलामा १९ सय रुपैयाँ बढेको थियो। त्यसयता दुई दिनमा सुनको भाउ २३ सय रुपैयाँ घटेको छ।

हिजो सुनको भाउ तोलाको २ लाख ९१ हजार ५ सय रुपैयाँ थियो।

आज चाँदीको भाउ भने बढेको छ। तोलामा २० रुपैयाँ बढेर चाँदीको भाउ आज ५ हजार ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।