महिला टी-२० मा नेपाल विजयी, मलेसिया पराजित

 संवाददाता    २०८३, ८ जेष्ठ शुक्रबार १२:१०     11 जनाले पढ़िसके



Spread the love

मलेसियासँगको महिला टी २० सिरिसजमा नेपालले क्लिन स्वीप गरेको छ । आज भएको दोस्रो म्याचमा नेपालले मलेसियामाथि ७ विकेटको सहज जित हात पारेको हो ।

मलेसियाले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । नेपालको कसिलो बलिङमा मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन मात्रै जोड्न सक्यो । नेपालका रुबिना क्षेत्री, कविता कुँवर र रिया सेनले दुई–दुई विकेट बाँडेका थिए ।

जपाफी ब्याटिङमा नेपालले ३ विकेट गुमाएर १६ ओभरमा लक्ष्य भेट्यो । नेपालका लागि ओपनर सम्झना खड्काले अविजित ३९ रन जोडिन् । उनले ३७ बलको सामना गथरेकी थिइन् । कविता कुँवरले २० बलमा १९ रन बनाइन् ।