सुनको भाउमा गिरावट, चाँदीको मूल्यमा वृद्धि

 संवाददाता    २०८३, ८ जेष्ठ शुक्रबार ११:१८     56 जनाले पढ़िसके



Spread the love

हिजो तोलामा १८ सय रुपैयाँ बढेको सुनको भाउ आज एकसय रुपैयाँ घटेको छ।

मूल्य घटेर सुनको भाउ आज तोलाको २ लाख ९३ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको भाउ हिजो तोलाको २ लाख ९३ हजार ८०० थियो।

आज चाँदीको भाउ पनि बढेको छ। तोलामा ६५ रुपैयाँ बढेर चाँदीको भाउ ५ हजार ११५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।