उकालो लागेको सुनको भाउ आज ओरालो, चाँदी पनि सस्तो

 संवाददाता    २०८३, ६ जेष्ठ बुधबार ११:२४     58 जनाले पढ़िसके



Spread the love

दुई दिन लगातार बढेको सुनको मूल्य आज घटेको छ।

सुनको मूल्य आज तोलामा ३३ सय रुपैयाँ घटेर २ लाख ९२ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यववायी महासंघले जनाएको छ।

गएको सोमबार तोलामा ८ सय बढेको सुनको भाउ हिजो थप ५ सय रुपैयाँ बढेको थियो। हिजो सुनको भाउ तोलाको २ लाख ९५ हजार ३ सय रुपैयाँ थियो।

यसअघि गएको शुक्रबार र आइतबार दुई दिनमा सुनको भाउ तोलामा ८५ सय रुपैयाँ घटेको थियो।

आज चाँदीको भाउ पनि घटेको छ। तोलामा १२५ रुपैयाँ घटेर चाँदीको भाउ आज ४ हजार ९६० रुपैयाँमा झरेको महासंघले जनाएको छ। हिजो चाँदीको भाउ ५ हजार ८५ रुपैयाँ थियो।