आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा स्कटल्यान्डविरुद्ध इशान पाण्डेले अर्धशतक पूरा गरेका छन्। इशानले ५३ बलमा ५ चौका र २ छक्का सहयोगमा अर्धशतक पूरा गरेका हुन्।
अमेरिकाविरुद्धको खेलबाट ओडीआईमा डेब्यू गरेका इशानले दोस्रो खेलमै अर्धशतक पूरा गरे। अमेरिकाविरुद्धको खेलमा इशान २० रनमा अविजित थिए।