दुई दिनको गिरावटपछि सुनको भाउ उकालो लाग्यो

 संवाददाता    २०८३, ४ जेष्ठ सोमबार ११:३१     96 जनाले पढ़िसके



Spread the love

दुई दिनमा तोलामा ८५ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ।

सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँ बढेर २ लाख ९४ हजार ८ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गएको शुक्रबार तोलामा चार हजार रुपैयाँ घटेको सुनको मूल्य हिजो पनि तोलामा ४५ सय घटेको थियो।

हिजो सुनको भाउ तोलाका २ लाख ९४ हजार रुपैयाँ थियो।

सुनको मूल्य बढे पनि चाँदीको भाउ भने आज घटेको छ। तोलामा २० रुपैयाँ घटेर चाँदीको भाउ आज तोलाको ५ हजार ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।