२०० बोइङ किन्ने ट्रम्पको भनाइमा चीन मौन

 संवाददाता    २०८३, १ जेष्ठ शुक्रबार १५:१३     41 जनाले पढ़िसके



Spread the love

बिहीबार बिहान सी चिनफिङसँगको भेटलगत्तै डोनाल्ड ट्रम्पले चीनले २०० वटा बोइङ विमान खरिद गर्ने सहमति भएको बताएका थिए। तर, ट्रम्प फर्किंदासम्म यस विषयमा चीनले केही बोलेको छैन।

फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पलाई सोधिएको थियो, पहिलो दिनको वार्तामा के सफलता पाउनुभयो?

जवाफमा ट्रम्पले बनेका थिए, ‘उहाँले २०० जेट अर्डर गर्नुहुनेछ। बोइङले १५० वटा बेच्न खोजेको थियो, उहाँले २०० लिने हुनुभयो।’

यसबारे शुक्रबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता कुओ चियाकुनलाई प्रश्न सोधिएको थियो। उनले सिधा जवाफ दिएनन्। बरु दुई नेताबीच भएको सहमतिअनुसार द्विपक्षीय सम्बन्धलाई उचाइ र स्थिरतातिर लैजानुपर्ने बताएका छन्।

दुई नेताको यो शिखर बैठकमा ठोस सम्झौता के के भन्ने घोषणा हुनै बाँकी छ। एजेन्सी