भारतमा इन्धनको मूल्य वृद्धि

 संवाददाता    २०८३, १ जेष्ठ शुक्रबार १३:०८     42 जनाले पढ़िसके



Spread the love

भारतमा पेट्रोल र डिजेलको मूल्य शुक्रबार प्रतिलिटर तीन–तीन रुपैयाँले बढाइएको छ।

कम्प्रेस्ड नेचुरल ग्यास (सीएनजी)को मूल्य पनि प्रतिकिलो दुई रुपैयाँले वृद्धि गरिएको छ।

विश्वव्यापी ऊर्जा मूल्यमा आएको तीव्र वृद्धिको असर अब तेल कम्पनीहरूले उपभोक्तामाथि पनि पार्न थालेका छन्।

भारतको राजधानी दिल्लीमा पेट्रोलको मूल्य ९४.७७ रुपैयाँबाट बढाएर ९७.७७ रुपैयाँ प्रतिलिटर पुर्‍याइएको छ।

त्यस्तै डिजेलको मूल्य ८७.६७ रुपैयाँबाट बढेर ९०.६७ रुपैयाँ प्रतिलिटर पुगेको छ।

तेल उद्योगसँग सम्बन्धित स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी पीटीआईले मुम्बई, कोलकाता र चेन्नईमा पेट्रोलको खुद्रा मूल्य क्रमशः १०६.६८ रुपैयाँ, १०८.७४ रुपैयाँ र १०३.६७ रुपैयाँ प्रतिलिटर पुगेको जनाएको छ।

त्यसैगरी डिजेलको मूल्य मुम्बईमा ९३.१४ रुपैयाँ, कोलकातामा ९५.१३ रुपैयाँ र चेन्नईमा ९५.२५ रुपैयाँ प्रतिलिटर निर्धारण गरिएको छ।