सुनचाँदीकै मूल्यमा आज व्यापक गिरावट

 संवाददाता    २०८३, १ जेष्ठ शुक्रबार ११:२३     76 जनाले पढ़िसके



Spread the love

हिजो बढेको सुनचाँदीकै मूल्यमा आज व्यापक गिरावट आएको छ।

सुनको मूल्य आज तोलामा चारहजार रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको मूल्य आज तोलाको २ लाख ९८ हजार ५ सय रुपैयाँमा झरेको छ।

यसअघि गएको बुधबार सुनको भाउ तोलामा सातसय र बिहीबार तोलामा तीनसय रुपैयाँ बढेको थियो।

हिजो सुनको भाउ तोलाको ३ लाख २ हजार ५ सय रुपैयाँ थियो।

उता विगत केही दिनदेखि लगातार बढ्दै आएको चाँदीको भाउ आज व्यापक मात्रामा घटेको छ।

तोलामा ३५५ रुपैयाँ घटेर चाँदीको भाउ आज तोलाको ५ हजार ३९० रुपैयाँमा झरेको महासंघले जनाएको छ।

गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।