रामेछापका निर्माण व्यवसायीहरूले मूल्यवृद्धि नियन्त्रण गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका छन् ।
निर्माण सामग्री तथा इन्धनको अत्यधिक मूल्यवृद्धिका कारण आयोजना कार्यान्वयन प्रभावित भएको भन्दै उनीहरूले बिहीबार प्रशासन कार्यालय अगाडि धर्ना दिएका हुन् । व्यवसायीहरूले सरकारले समयमै समस्या सम्बोधन नगरेको विरोधमा आन्दोलनमा उत्रिनु परेको बताएका छन् ।
अप्रत्यासित रूपमा इन्धनलगायत निर्माण सामग्रीको मूल्य वृद्धि हुँदा धेरै आयोजनाहरू स्वतः बन्द हुने अवस्थामा पुगेको निर्माण व्यवसायीहरूले जनाएका छन्। उनीहरूले मूल्यवृद्धि नियन्त्रण तथा समायोजनका लागि सरकारको तत्काल ध्यानाकर्षण गराएका छन् ।
धर्नापछि उनीहरूले प्रमुख जिल्ला अधिकारीलाई भेटेर ज्ञापनपत्रसमेत बुझाएका छन् ।