वाणिज्य बैंकहरूको जेठ महिनाको ब्याजदर सार्वजनिक

 संवाददाता    २०८३, ३१ बैशाख बिहीबार १३:०१     64 जनाले पढ़िसके



Spread the love

जेठ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । वैशाखको तुलनामा वाणिज्य बैंकहरुको औषत ब्याजदर घटेको छ ।

बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औषतमा ४.३४ प्रतिशत विन्दुमा झरेको छ । जबकी यस्तो ब्याजदर वैशाख महिनामा ४.४ प्रतिशत विन्दुमा थियो ।

संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि घटेको छ । वैशाखमा ३.२२ प्रतिशत रहेको यस्तो ब्याजदर जेठमा ३.२० प्रतिशत कायम भएको हो ।

सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ५ बैंकले ब्याजदर घटाएका छन् । ब्याजदर घटाउने बैंकहरुमा स्ट्याण्डर्ड चार्टर्ड बैंक, कुमारी बैंक, एनआईसी एशिया बैंक, हिमालयन बैंक र नेपाल बैंक रहेका छन् ।

सिद्धार्थ बैंक र सिटिजन्स बैंकले भने जेठका लागि ब्याजदर बढाएका छन् । अन्य बाँकी वाणिज्य बैंकले वैशाखकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

कुनमा पाइन्छ सबैभन्दा बढी ब्याज ?