कला र संस्कृतिलाई विद्यालय तहदेखि नै मूलधारको शिक्षामा जोड्नुपर्ने सांसद भूमिका लिम्बू सुब्बाले बताएकी छन्।
बुधबार प्रतिनिधि सभामा बोल्दै सुम्बाले कला र संस्कृतिलाई मनोरञ्जनको साधन मात्रै बनाउन नहुने बताइन्। उनले कला र संस्कृतलाई देशको सम्पत्तिका रुपमा विकास गर्नुपर्नेमा जोड दिइन्।
‘विद्यालयदेखि विश्वविद्यालयसम्म कला र संस्कृतिलाई मुलधारको शिक्षामा जोडियोस्,’ सुब्बाले भनिन्, ‘सातै प्रदेशमा आधुनिक संस्कृति संस्था हब बनाउनुपर्छ।’
उनले आदिवासी जनजातिको कला र संस्कृतिलाई जगर्ने गर्ने गरी नीति तथा कार्यक्रमलाई संशोधन गर्न माग गरेकी छन्। नीति तथा कार्यक्रममाथि राखेको आफ्नो संशोधन प्रस्तावबारे बोल्दै सुब्बाले भनिन्, ‘यो एकपक्षीय नीति तथा कार्यक्रमलाई संशोधन गरियोस्। आदिवासी जनताजीको पहिचान, अधिकार र सहभागितालाई सुनिश्चित गरियोस्।’