हिजो तोलामै ४४ सय बढेको सुनको मूल्यमा आज गिरावट आएको छ।
सुनको भाउ आज तोलामा सातसय रुपैया घटेर ३ लाख २ हजार २ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गएको आइतबार र सोमबार लगातार घटेको सुनको भाउ हिजो तोलामा ४४ सय रुपैयाँ बढेर ३ लाख २ हजार ९ सय रुपैयाँ पुगेको थियो।
सुनको भाउ सोमबार तोलामा चारसय र आइतबार १ हजार रुपैयाँ घटेको थियो।
उता विगत केही दिनदेखि लगातार बढ्दै आएको चाँदीको भाउ आज पनि बढेको छ।
तोलामा १५ रुपैयाँ बढेर चाँदीको भाउ आज ५ हजार ७१० रुपैयाँ पुगेको छ। हिजो तोलामा ३१० रुपैयाँ बढेर चाँदीको भाउ ५ हजार ६९५ कायम भएको थियो।