नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ ज्योति पाण्डे हिरासतमा

 संवाददाता    २०८३, ३० बैशाख बुधबार १०:५६     142 जनाले पढ़िसके



Spread the love

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन्।

स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई बिक्री गरेको अभियोगमा उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार बिहान पक्रेको हो।

सो प्रकरणमा यसअघि शुक्रबार पलिना श्रेष्ठ र नरेन्द्र उलक पक्राउ परेका थिए।

उनीहरू पक्राउ परेपछि पाण्डे कार्यालय जान छाडेका थिए।