सन्दीपको धारिलो बलिङमा स्कटल्यान्डको ब्याटिङ धरापमा

 संवाददाता    २०८३, २९ बैशाख मंगलवार १२:००     37 जनाले पढ़िसके



Spread the love

लेग स्पिनर सन्दीप लामिछानेको घातक बलिङमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा स्कटल्यान्डविरुद्ध दबाब बढाउँदै छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको स्कटल्यान्डले २५ ओभरको समाप्तिमा ४ विकेटको क्षतिमा १ सय २८ रन बनाएर खेलिरहेको छ।

नेपालका लागि चारै विकेट सन्दीप लामिछानेले लिएका हुन्।

सन्दीपले ओपनर जर्ज मुन्सेलाई ७५ रनमा दीपेन्द्रसिंह ऐरीको बलमा क्याच आउट गराए। ६२ बलमा १२ चौका र २ छक्का हानेका जर्जलाई २०.३ ओभरमा पेभेलियनको बाटो देखाए।

सोही ओभरको अन्तिम बलमा अर्का ओपनर फिन्ले म्याकक्रेथ ३५ रन बनाउँदा सन्दीपकै बलमा एलबीडब्लु धरापमा परे।

ब्रान्डोन म्यकमुलेन ७ रन बनाउँदा सन्दीपको बलमा बोल्ड आउट भए। कप्तान रिची बेरिङटोन ५ रनमा सन्दीपकै बलमा एलबीडब्लु धरापमा परे।