प्रधानमन्त्री कार्यालयको कालो सूचीमा परे १४ निर्माण कम्पनी

 संवाददाता    २०८३, २९ बैशाख मंगलवार ११:४९     135 जनाले पढ़िसके



Spread the love

प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १४ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ।

कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो।

जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन- २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ।

एक वर्षदेखि डेढ वर्षसम्मका लागि कालो सूचीमा राखिएका ती निर्माण कम्पनीले यस अवधिमा अब कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।

कालो सूचीमा राखिएका निर्माण कम्पनीका मुख्य व्यक्तिहरूसहितको विवरण प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको हो।

हेर्नुहोस् कालो सूचीमा राखिएका निर्माण कम्पनीहरूको विवरण