गएका दुई दिन लगातार घटेको सुनको भाउ आज व्यापक वृद्धि भएको छ।
सुनको भाउ आज तोलामा ४४ सय रुपैयाँ बढेर ३ लाख २ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनको भाउ हिजो तोलामा चारसय रुपैयाँ घटेर २ लाख ९८ हजार ५ सय रुपैयाँ कायम भएको थियो।
गएको आइतबार सुनको भाउ तोलामा १ हजार रुपैयाँ घटेर २ लाख ९८ हजार ९०० मा झरेको थियो।
लगातार बढ्दै आएको चाँदीको भाउ आज पनि बढेको छ। तोलामा ३१० रुपैयाँ बढेर चाँदीको भाउ आज ५ हजार ६९५ पुगेको महासंघले जनाएको छ।
हिजो चाँदको भाउ तोलाको ५ हजार ३४० रुपैयाँ थियो।
विगत केही दिनदेखि चाँदीको भाउ निरन्तर बढ्दै आएको छ।