शर्मा एन्ड कम्पनीका प्रमुख रमेश शर्मा हिरासतमा

 संवाददाता    २०८३, २८ बैशाख सोमबार १३:०८     124 जनाले पढ़िसके



Spread the love

नेपालकै प्रमुख निर्माण कम्पनीमध्ये एक शर्मा एन्ड कम्पनीका अध्यक्ष रमेश शर्मा पक्राउ परेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार शर्मालाई पक्राउ गरेको हो। उनलाई सरकारी ठेक्का अलपत्र पारेको आरोप छ।

सहरी विकास मन्त्रालयको पत्रका आधारमा उनलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले बताए। निर्माण व्यवसायी शर्मालाई सहरी विकास मन्त्रालयमा उपस्थित गराइएको उनले जानकारी दिए।