प्रहरी देखेपछि झोला छोडेर भागे युवक, झोलाभित्र भेटियो ठूलो रकम

 संवाददाता    २०८३, २८ बैशाख सोमबार १२:२७     22 जनाले पढ़िसके



Spread the love

प्रहरीले मोरङबाट ठूलो परिमाणमा भारतीय रुपैयाँ बरामद गरको छ।

रतुवामाई नगरपलिका–२ घररुचोकस्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले २० लाख भारतीय रुपैयाँ बरामद गरेको हो।

गएराति सीमा क्षेत्रबाट २० लाख भारतीय रुपैयाँ बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

५ सय दरको ४० बण्डल भारतीय रुपैयाँ सीमा सुरक्षा गुल्म बरडंगा र वीओपी डोरियाको टोलीले बरामद गरेका हुन्।

भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेका व्यक्तिहरूलाई शंका लागि जाँच गर्ने क्रममा रकम फेला परेको प्रहरले जनाएको छ।

मोटरसाइकलको पछाडि सवार व्यक्तिले आफूले बोकेको झोला सोही ठाउँमा फालेर भागेपछि रकम बरामद गरिएको प्रहरीले जनाएको छ। ती युवकको पहिचान खुलेको छैन।

बरामद रुपैयाँ आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।