हिजो घटेको सुनको भाउ आज पनि घटेको छ। चाँदीको मूल्य भने बढेको छ।
सुनको भाउ आज तोलामा चारसय रुपैयाँ घटेर २ लाख ९८ हजार ५ सय रुपैयाँमा झरेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनको भाउ हिजो तोलामा १ हजार रुपैयाँ घटेर २ लाख ९८ हजार ९०० कायम भएको थियो।
चाँदीको भाउ भने आज पनि बढेको छ। तोलामा ४० रुपैयाँ बढेर चाँदीको भाउ आज ५ हजार ३४० रुपैयाँ पुगेको महासंघले जनाएको छ। हिजो चाँदीको भाउ ५ हजार ३०० रुपैयाँ थियो।
विगत केही दिनदेखि चाँदीको भाउ निरन्तर बढ्दै आएको छ।