पोखराको बाग्लुङ बसपार्कमा झगडा गर्ने ६ जना पक्राउ

 संवाददाता    २०८३, २७ बैशाख आईतवार १३:५८     97 जनाले पढ़िसके



Spread the love

पोखराको बाग्लुङ बसपार्कमा झैझगडा (ग्याङ फाईट) गर्ने ६ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय, कास्कीले झगडा गरेको भिडिओ सार्वजनिक भएपछि संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका-१३, बाँझपाटनका २७ वर्षीय सुजन आले मगर, कास्कीको मादी गाउँपालिका-११ घर भइ हाल पोखरा महानगरपालिका-१३ बाझापाटनमा बस्ने २३ वर्षीय राजेश परियार, गोरखाको धार्चे गाउँपालिका-६ घर भई हाल पोखरा-१३ बाझापाटन बस्ने ३० वर्षीय दिपेश भन्ने दिलेराम गुरुङ, नुवाकोट घर भई हाल पोखराको बाग्लुङ बसपार्कमा बस्ने १८ वर्षीय सुजन तामाङ, नुवाकोटकै २५ वर्षीय राजकुमार तामाङ र बाग्लुङ बस्पार्ककी २० वर्षीय लिजा पुन रहेकी छन्।

वैशाख २२ गते बेलुका साढे ९ बजे उनीहरूबीच झगडा भएको कास्कीका प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले बताए। उनीहरूलाई बाझपाटन र बाग्लुङ बसपार्कबाट नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको डीएसपी बस्नेतले बताए। झैझगडा गर्नुको मुख्य कारण लागू औषध कारोबार रहेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।