ऋषि धमलाले रिपोर्टस क्लबका लागि भवन भाडामा लिए बापत तिरे २३ लाख

 संवाददाता    २०८३, २७ बैशाख आईतवार १२:३३     59 जनाले पढ़िसके



Spread the love

समाज कल्याणपरिषदको भृकुटीमण्डपस्थित सटर, हल, भवन भाडामा लिएकाहरुले ४० लाख रुपैयाँ बक्यौता बुझाएका छन्। त्यसमध्ये रिपोर्टस क्लबका लागि भवन भाडामा लिए बापत ऋषि धमलाले २० लाख रुपैयाँ बक्यौता बुझाएका हुन्।

उनले ७३ लाख ४० हजार ९०१ रुपैयाँ तिर्न बाँकी थियो त्यसमध्ये २० लाख रुपैयाँ तिरेका हुन्।

कृष्णप्रसाद लामिछानेले ७ लाख १८ हजार, मनकला श्रेष्ठले ३ लाख ३६ हजार, चित्रबहादुर पण्डित क्षेत्रीले २ लाख १९ हजार तिरेका छन्। समाज कल्याण परिषदको भृकुटीमण्डप कार्यालयका अनुसार नारायण निरौलाले २ लाख ७३ हजार बुझाएका छन्।

परिषदको भृकुटीमण्डप कार्यालयका प्रमुख खगराज रेग्मीका अनुसार सटर, हल, भवन भाडा लिनेहरुबाट धमाधम बक्यौता असुल गर्ने काम भइरहेको छ। अझै करिब ७ करोड रुपैयाँ उठाउन बाँकी छ।

सरकारले सदस्यसचिवसहित सबै पदाधिकारीलाई पदमुक्त गरेपछि परिषद नेतृत्वबिहीन छ। ‘नयाँ पदाधिकारी आएपछि बक्यौता उठाउने कामले थप तीब्रता पाउँछ। कानुनअनुसार सबै बक्यौता उठाउँछौँ। अहिले अलि अन्योल छ’, रेग्मीले भने।

नेपाल पत्रकार महासंघ काठमाडौं शाखा, नेपालफोटो पत्रकार संघ, काठमाडौं सार्वजनिक पुस्तकालय, अपाङ्ग महासंघले पनि धेरै बक्यौता तिर्न बाँकी छ।