राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ भने नजिता हेर्न सकिने माध्यमबारे जानकारी दिएको छ।
आइतबार बोर्डको परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गरी एसईईको नतिजा हेर्ने माध्यमबारे जानकारी दिएको हो। एसएमएस गरेर वा सिधै वेबसाइटमा गएर एसईईको नजिता हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।
सूचनाअनुसार, नियमित र ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमएस र आईभीरबाट तीन ठाउँबाट जान्न सकिनेछ। त्यस्तै, १४ वटा वेबसाइटमा पनि प्रकाशन हुने कार्यालयले जनाएको छ।
एसएमएस र आईभीआरबाट नतिजा हेर्ने तरिका: तल दिइएका सर्टकोडमा एसएमएस पठाएर वा फोन गरेर आफ्नो नतिजा प्राप्त गर्न सकिनेछ।
वेबसाइटबाट नतिजा हेर्ने ठेगानाहरू: इन्टरनेटको माध्यमबाट विस्तृत नतिजा र मार्कसिट हेर्नका लागि कार्यालयले सरकारी तथा निजी क्षेत्रका १४ वटा वेबसाइटलाई अनुमति दिएको छ।
