सुनचाँदीकै मूल्य निरन्तर उकालो

 संवाददाता    २०८३, २५ बैशाख शुक्रबार ११:३१     112 जनाले पढ़िसके



Spread the love

आज पनि सुनचाँदीको मूल्य बढेको छ। गएका दुई दिनमा ७६ सय बढेको सुनको भाउ आज पनि तोलामा १३ सय रुपैयाँ बढेको हो।

१३ सय मूल्य बढेर सुनको भाउ आज तोलाको २ लाख ९९ हजार ९०० पुगेको छ।

सुनको भाउ बिहीबार तोलामा १८ सय र बुधबार ५८ सय बढेको थियो। गएका तीन दिनमा सुनको भाउ तोलामा ८९ सय रुपैयाँ बढिसकेको छ।

सुनको भाउ हिजो तोलाको २ लाख ९८ हजार ६ सय रुपैयाँ थियो।

त्यसैगरी चाँदीको भाउ पनि आज तोलामा १२० रुपैयाँ बढेर ५ हजार २७५ रुपैयाँ पुगेको छ।

हिजो चाँदीको भाउ तोलाको ५ हजार १५५ रुपैयाँ थियो।