अमेरिकी बहुराष्ट्रिय कम्पनी गुगलसँगको साझेदारीमा काठमाडौंको चोभार र वीरगञ्जमा डेटा सेन्टर स्थापना गरिने भएको छ। नेपालका औद्योगिक घरनाको संयुक्त लगानी रहेको ब्लुचीन डेटा भोल्टले गुगल क्लाउडसँगको रणनीतिक साझेदारीमा डेटा सेन्टर निर्माण गर्न लागेको हो।
गुगल क्लाउड भनेको गुगलले प्रदान गर्ने क्लाउड कम्प्युटिङ सेवा हो। यसले कम्प्युटिङ, डेटा स्टोरेज, डेटा विश्लेषण र मेसिन लर्निङका साथै व्यवस्थापनको सेरिज नै प्रदान गर्दछ। गुगल सर्च र गुगल डक्सका लागि आन्तरिक रुपमा प्रयोग हुने पूर्वाधार पनि गुगल क्लाउडकै हो।
ब्लुचीनको अर्को रणनीतिक साझेदार ताइवान आधारित वीवीडीएन टोक्नोलोजी हो। अमेरिका, युरोप र एशियाका मुख्य आइटी हबहरुमा बलियो पकड जमाएको यो कम्पनीले ब्लुचीनका लागि कम्प्युटिङ, लिक्विड कुलिङ सोलुसन तथा र्याकमा आउने समस्या समाधान गर्नेछ।
चोभारमा अगस्टदेखि डेटा सेन्टर सञ्चालनमा ल्याउने तयारी भइरहँदा गुगल, वीवीडीएनका प्रतिनिधिहरु काठमाडौं आइपुगेका छन्।
माइक्रोन, एएमडीसहितका अन्तर्राष्ट्रिय साझेदारको उपस्थितिमा आज ब्लुचीन डेटा भोल्टेजले यसको औपचारिक घोषणा गर्दैछ।
बालेन सरकार बनेपछि सूचना प्रविधि उद्योगमा लगानी बढ्न थालेको छ। फेसुकको मातृ कम्पनी मेटाले वर्ल्डलिंक कम्युनिकेसनसँगको साझेदारीमा डेटा सेन्टर निर्माणको तयारी गरिरहेछ।