स्थानीय तह चुनावका लागि रास्वपाको नयाँ मापदण्ड, प्रशिक्षण उत्तीर्ण हुनुपर्ने

 संवाददाता    २०८३, २० बैशाख आईतवार १५:४१     8 जनाले पढ़िसके



Spread the love

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार हुन चाहने पार्टी सदस्यहरूले क्यान्डिडेट क्लब र लिडरसिप एकेडमीबाट उत्तिर्ण हुनैपर्ने निर्णय गरेको छ।

आइतबार बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको प्रवक्ता मनीष झाले जानकारी दिए।

रास्वपाले उम्मेदवार छनोटका लागि सह-महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा ७ सदस्यीय स्थानीय निर्वाचन उमेदवार छनोट रूपरेखा तथा क्यान्डिडेट क्लब सम्पादन समिति गठन गरेको थियो।

बैठकमा समितिले स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३ को मस्यौदा प्रतिवेदन सभापति रवि लामिछानेलाई हस्तान्तरण गरेको थियो।

काठमाडौँको वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा जारी सचिवालय बैठकमा स्थानीय तह उम्मेदवार छनोट रूपरेखा–२०८३ सहित महाधिवेशन कार्यविधि–२०८३, संसदीय दलको विधान संशोधनलगायत विषयमा छलफल भइरहेको रास्वपाले जनाएको छ।