महिलाहरूले लगाएको सुनको सिक्री लुट्दै हिँड्ने एक युवकलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ।
पक्राउ गर्नेमा तारकेश्वर नगरपालिका-५ पैंयाटार बस्ने रसुवा घर भएका २५ वर्षीय विजय तामाङ रहेका प्रहरीले जनाएको छ।
चन्द्रागिरी नगरपालिका-६ मातातीर्थ, चन्द्रागिरि-१३ नैकाप, चन्द्रागिरि-७ को घुमाउने लगायतका ठाउँमा बाटोमा हिँडिरहेका
महिलाहरूबाट उनले सुनको सिक्री लुटपाट गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
पीडितको उजुरीपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई तारकेश्वर नगरपालिका-५ पैंयाटारबाट पक्राउ गरेको हो।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त थानकोट पठाइएको प्रहरीले जनाएको छ।