रास्वपाका एक सांसदले मन्त्रालयमा कार्यरत कर्मचारी र उद्योगमा काम गर्ने कर्मचारीबीच विभेद गरिएको सार्वजनिक टिप्पणी गरेका छन् ।
उदयपुर-१ बाट निर्वाचित सांसद पारशमणि गेलालले सामाजिक सञ्जालमा उदयपुर सिमेन्ट उद्योगमा कार्यरत कर्मचारीहरूले लामो समयदेखि तलब नपाएको विषयमा ध्यानाकर्षण गराएका हुन् ।
मन्त्रालय अन्तर्गतका कर्मचारीहरूले नियमित तलब पाइरहँदा यस उद्योगका कर्मचारी महिनौँदेखि पारिश्रमिकविहीन अवस्थामा बस्न बाध्य भएको गेलालको भनाइ छ ।
उनले लेखेका छन्- उदयपुर सिमेन्ट उद्योगमा काम गर्ने कर्मचारी र मन्त्रालयमा काम गर्ने कर्मचारीमा किन विभेद सरकार ? १३ महिनादेखि तलब नपाउँदा परिवार कसरी पाल्नु ? कि मानवीयता हुन्न ? तलब देऊ सरकार ।’
लामो समयदेखि उदयपुर सिमेन्ट उद्योग बन्द छ ।
