‘एमाले–कांग्रेस–नेकपाले यो मुद्दामा विवाद नगर’ : गोकुल बास्कोटा

 संवाददाता    २०८३, १८ बैशाख शुक्रबार ११:२२     13 जनाले पढ़िसके



Spread the love

नेकपा एमालेका नेता गोकुल बास्कोटाले राजनीतिक हैसियतका आधारमा सरकारका विभिन्न पदमा नियुक्ति पाएका व्यक्तिहरूलाई आन्दोलन नगर्न तथा अदालत नधाउन सुझाव दिएका छन्।

पूर्वमन्त्रीसमेत रहेका एमाले केन्द्रीय सदस्य बास्कोटाले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत राजनीतिक नियुक्ति पाएकाहरूले सरकार फेरिएपछि जागिर छाडेर घर जानुपर्ने टिप्पणी गरेका हुन्।

साथै उनले यस विषयमा आफ्नो पार्टी एमालेसहित नेपाली कांग्रेस र नेकपा एमालेलाई किचकिच नगर्न पनि आग्रह गरेका छन्।

‘पार्टीहरूको राजनीतिक हैसियतका आधारमा नियुक्ति पाउने पद र पाएका व्यक्तिहरूले सरकार फेरिएपछि इफ, बट, धर्ना, जुलस, आन्दोलन,अदालत धाउने होइन, खुरुक्क त्यो जागिर त्यै दिनबाट छोडेर घर जाने हो’, बास्कोटाले लेखेका छन्, ‘एमाले, कांग्रेस, नेकपाले किचकिच नगर है यो विषयमा। यसले व्यक्ति हिताय र समाज रिसाय हुन्छ।’