सुकुमबासीको जनकपुरमा सरकारविरुद्ध प्रदर्शन

 संवाददाता    २०८३, १७ बैशाख बिहीबार १३:००     9 जनाले पढ़िसके



Spread the love

पुनर्स्थापना बिना घर भत्काइएको विरोधमा सुकुमबासीहरूले मधेश प्रदेशको राजधानी जनकपुरधाममा सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।

सरकारले डोजर आतंक मच्चाउँदै आफूहरूमाथि अमानवीय व्यवहार गरेको उनीहरूको आरोप छ । प्लेकार्डसहित उनीहरूले जनकपुरधामका विभिन्न चौकमा परिक्रमा गर्दै विरोध प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीले प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामासमेत माग गरेका छन् ।