मूल्यवृद्धि नियन्त्रणको मागसहित विद्यार्थीहरूको मार्चपास

 संवाददाता    २०८३, १५ बैशाख मंगलवार १४:०१     4 जनाले पढ़िसके



Spread the love

महँगी नियन्त्रणको माग गर्दै विद्यार्थीले मार्च पासका गरेका छन्। मंगलबार संयुक्त विद्यार्थी संगठनको अगुवाइमा उनीहरू मार्च पास गरेका हुन्।

विद्यार्थीको मार्च पास कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको घडी भवनमा पुगेर विरोध सभामा परिणत भएको थियो। उनीहरूले महंगी नियन्त्रण गर्न, शैक्षिक संस्थालाई ब्यारेकीकरण गर्ने अभ्यास बन्द गर्न माग गरेका छन्।

त्यस्तै, मेरिटोक्रेसी लागू गर्न, विद्यार्थीलाई यातायातमा दिइँदै आएको ४५ प्रतिशत भाडा छूट याम गर्न, विद्यार्थी संगठनमाथि लगाउन खोजिएको प्रतिबन्ध हटाउन र स्ववियु खारेज गर्ने निर्णय फिर्ता गर्न माग गरेका छन्।