आर्थिक सूचकांकमा मिश्रित संकेत: वृद्धिदर घट्ने, अर्थतन्त्रको आकार बढ्ने प्रक्षेपण

 संवाददाता    २०८३, १५ बैशाख मंगलवार १२:५९     111 जनाले पढ़िसके



Spread the love

नेपालमा चालू आर्थिक वर्ष २०८२/०८३ मा आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने अनुमान गरिएको छ।

राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार एक कार्यक्रममार्फत उक्त तथ्यांक सार्वजनिक गर्दै आर्थिक वृद्धिदर ३.८५ प्रतिशत पुग्ने जनाएको हो।

कार्यालयका अनुसार आर्थिक वृद्धिदरमा सुधार हुन अन्तरिम सरकारले गरेको प्रयास सकारात्मक रहेको उल्लेख गरिएको छ।

यस वर्ष अर्थतन्त्रको आकार ६६ खर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ।

धान उत्पादन घटेतापनि विद्युत तथा ग्यासले आर्थिक वृद्धि हासिल गरेको छ।