नेपाली कांग्रेसनिकट नेविसंघले सुकुमबासी बस्ती हटाउँदा वैकल्पिक योजनाबिनै सरस्वती आधारभूत विद्यालयमा डोजर चलाएकोप्रति आपत्ति जनाएको छ ।
प्रवक्ता सुरज सेजुवालले विज्ञप्ति जारी गर्दै २१ वर्षदेखि सञ्चालनमा रहेको विद्यालय भत्काइनुले २७५ विद्यार्थीको पठनपाठनमा असर परेकोमा आपत्ति जनाएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘उक्त घटनाले त्यहाँ अध्ययनरत बालबालिकाको नियमित पठनपाठन, सिकाइ निरन्तरता तथा शिक्षाको अधिकारमा प्रत्यक्ष असर परेकोप्रति हामी गम्भीर रूपमा चिन्तित छौँ । विशेषतः आगामी २० गतेदेखि नयाँ शैक्षिक सत्र सुरु हुने तयारी भइरहेका बेला २७५ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालय वैकल्पिक योजना विनै भत्काउनु अत्यन्त संवेदनशील एवं आपत्तिजनक विषय हो ।’
बालबालिकाको शिक्षालाई कुनै पनि अवस्थामा अवरुद्ध हुन नदिने गरी संवेदनशील र जिम्मेवार व्यवस्थापन गर्न नेविसंघको माग छ ।