सुनचाँदीको मूल्यमा आज पनि गिरावट

 संवाददाता    २०८३, १० बैशाख बिहीबार ११:५०     347 जनाले पढ़िसके



Spread the love

आज पनि सुनचाँदीकै मूल्य घटेको छ। बुधबार घटेको सुनचाँदीकै मूल्य आज पनि घटेको हो।

सुनको मूल्य तोलामा १८ सय रुपैयाँ घटेर २ लाख ९८ हजार ७०० मा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार तोलामा आठसय रुपैयाँ घटेर सुनको भाउ ३ लाख ५ सय कायम भएको थियो।

त्यसअघि गएको मंगलबार सुनको मूल्य तोलामा १६ यस रुपैयाँ बढेको थियो।

त्यसैगरि आज चाँदीको भाउ पनि तोलामा ११० रुपैयाँ घटेर ५ हजार २० रुपैयाँमा झरेको छ। हिजो पनि चाँदीको भाउ तोलामा ३० रुपैयाँ घटेको थियो।