सामान्य विवादले लियो ज्यान, ढुंगाले हानेर हत्या

 संवाददाता    २०८३, १० बैशाख बिहीबार १०:४२     19 जनाले पढ़िसके



Spread the love

पाँचथरमा एक व्यक्तिले छिमेकीको हत्या गरेका छन्।

हिलिहाङ गाउँपालिका-७ निवासी ५२ वर्षीय धनप्रसाद यवाको हत्या भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

धनप्रसादलाई छिमेकी ५४ वर्षीय हरिचन्द्र योक्पाङदेनले ढुंगा प्रहार गरेर हत्या गरेका हुन्।

बुधबार साँझ आपसी विवादका क्रममा टाउकोमा ढुंगाले हिर्काउँदा धनप्रसादको घटनास्थलै मृत्यु भएको प्रहरीले जनाएको छ।

आरोपित हरिचन्द्रलाई प्रहरीले नियन्त्रणमा लिइएको छ।

मृतकको शव पोस्टमार्टमका लागि पाँचथर जिल्ला अस्पतालमा राखिएको प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले जानकारी दिए।