भूमि माग गर्दै निकुञ्जपीडित सडकमा, अर्धनग्न प्रदर्शन

 संवाददाता    २०८३, ९ बैशाख बुधबार १५:४१     16 जनाले पढ़िसके



Spread the love

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जपीडित विभिन्न पाँच वटा माग राखेर आन्दोलनमा उत्रिएका छन्। बुधबार उनीहरूले अर्धनग्न प्रदर्शन गरेका छन्।

उनीहरूले जिल्ला प्रशासन कार्यालय, कञ्चनपुर अगाडि प्रदर्शन गरेका हुन्। वर्षौँ बित्दा पनि जग्गा सट्टाभर्ना नपाएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।

२०३३ सालमा शुक्लाफाँटा आरक्ष स्थापना गर्दा स्थानीय बासिन्दाको जग्गा अधिग्रहण गरिएको थियो। त्यसपछि पनि आरक्ष विस्तार गरिएको थियो। अहिले आरक्षलाई राष्ट्रिय निकुञ्ज बनाइएको छ।

दशकौँ बित्दा पनि जग्गा नपाएको भन्दै शुक्लाफाँटा आरक्ष पिडित, जिल्ला संघर्ष समितिले प्रदर्शन गरेको हो। उनीहरूले पिडितलाई १० कट्टा नघटाई जमिन उपलब्ध गराउन र अहिलेसम्मको क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छन्।

त्यस्तै, आधारभूत कुराको निःशुल्क र ग्यारेन्टी गर्न, पिडितको एउटै वडा घोषणा गर्न र पिडितलाई द्वन्दपिडित घोषणा गर्न माग गरेका छन्।