बिहेमा गएका किशोरको ज्यान लिने दुई जना प्रहरी नियन्त्रणमा

 संवाददाता    २०८३, ८ बैशाख मंगलवार १०:५२     145 जनाले पढ़िसके



Spread the love

कञ्चनपुरमा धारिलो हतियार प्रहारबाट एक युवकको हत्या भएको छ।

सोमबार राति पुर्नवास नगरपालिका-५ भानुबस्तीका १८ वर्षीय उज्जल सायरको हत्या भएको प्रहरीले जनाएको छ।

बिहेमा गएका बेला दुई समूहबीच विवाद हुँदा सायरमाथि धारिलो हतियार प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी हेमबहादुर शाहीले बताए।

उनका अनुसार धारिलो हतियार प्रहारबाट घाइते भएका सायरको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

उनीमाथि हतियार प्रहार गरेको आरोपमा २ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको डीएसपी शाहीले बताए।