अमेरिकामा दुखद गोलीकाण्ड, आफ्नै ७ सन्तानसहित ८ बालबालिकाको ज्यान गयो

 संवाददाता    २०८३, ७ बैशाख सोमबार ११:३१     23 जनाले पढ़िसके



Spread the love

अमेरिकाको लुइजियाना राज्यमा एक बन्दुकधारीले ७ आफ्नै सन्तानसहित ८ जना बालबालिकाको गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ । सीएनएनका अनुसार यो घटना सन् २०२४ यताकै सबैभन्दा घातक सामूहिक गोलीकाण्डका रूपमा दर्ज भएको छ ।

स्थानीय प्रहरीले जनाएअनुसार घटनामा संलग्न व्यक्ति ७ जना बालबालिकाका पिता रहेको पुष्टि भएको छ । घटनापछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । प्रारम्भिक अनुसन्धानमा पारिवारिक विवाद र मानसिक अवस्थासँग सम्बन्धित कारण हुन सक्ने आशंका गरिएको छ, यद्यपि विस्तृत अनुसन्धान जारी रहेको अधिकारीहरूले बताएका छन् ।

घटनास्थलमा पुगेका सुरक्षा अधिकारीहरूले सबै पीडित बालबालिका रहेको पुष्टि गरेका छन् । यस घटनाले अमेरिकी समाजमा फेरि एकपटक बन्दुक नियन्त्रण र घरेलु हिंसाबारे गम्भीर बहस चर्काएको छ ।