हिजो बढेको सुनचाँदीकै मूल्य आज घटेको छ।
सुनको मूल्य आज तोलामा १३ सय र चाँदीको भाउ तोलामा ३५ रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मूल्य घटेर आज सुनको भाउ तोलाको २ लाख ९९ हजार ७ सय रुपैयाँमा झरेको छ। हिजो सुनको भाउ तोलामा १२ सय रुपैयाँ बढेर ३ लाख १ हजार रुपैयाँ पुगेको थियो।
त्यसैगरि आज चाँदीको भाउ तोलामा ३५ रुपैयाँ घटेर ५ हजार १९० रुपैयाँमा झरेको छ। हिजो तोलामा ९५ रुपैयाँ बढेर चाँदीको भाउ ५ हजार २२५ रुपैयाँ पुगेको थियो।
गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।
माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च हो।