आईसीसी महिला टी-२० च्यालेन्ज ट्रफी क्रिकेट प्रतियोगितामा नेपाल आज (आइतबार) इटालीविरुद्ध भिड्दै छ।
रुवान्डाको किगालीस्थित गहंगा क्रिकेट स्टेडियम ओभल बीमा हुने खेल नेपाली समयअनुसार अपराह्न ४:४५ बजे सुरु हुनेछ।
पहिलो खेलमा अमेरिकासँग ४४ रनले पराजित नेपाली राष्ट्रिय महिला क्रिकेट टोली दोस्रो खेल जित्न चाहन्छ।
इटालीले भने पहिलो खेलमा घरेलु टोली रुवान्डालाई १६ रनले हराएको थियो।
इटाली पहिलो खेलको नतिजालाई निरन्तरता दिँदै लगातार दोस्रो जित हासिल गर्न चाहन्छ।
यसपछि नेपाली टोली बुधबार रुवान्डासँग, शुक्रबार भानुआटुसँग र आइतबार अमेरिकासँग खेल्ने तालिका छ।
यसैगरी अप्रिल २८ मा रुवान्डासँग, ३० मा भानुआटासँग र अन्तिम खेल मे १ मा इटालीसँग खेल्ने तालिका छ।
च्यालेन्ज ट्रफी प्रतियोगिता आगामी मे १ सम्म रुवान्डामा चल्नेछ।
च्यालेन्ज ट्रफीमा अमेरिकाबाट संयुक्त राज्य अमेरिका, एसियाबाट नेपाल, युरोपबाट इटाली, पूर्वी एसियाबाट भानुआटु र अफ्रिकाबाट आयोजक रुवान्डा सहभागी छन्।