रात्रिकालीन खेल आयोजना गर्न त्रिवि मैदान अब पूर्ण रूपमा तयार

 संवाददाता    २०८३, ६ बैशाख आईतवार ११:३३     150 जनाले पढ़िसके



Spread the love

नेपाल र यूएईबीच हुने रात्रिकालीन टी-२० शृंखलाका लागि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान तयार भएको छ।

टी-२० शृंखला सोमबारदेखि सुरु हुँदै छ। नेपाल र यूएईबीच पहिलो खेल वैशाख ७ गते साँझ ७ बजे हुनेछ। नेपाल र यूएईबीचको खेल हेर्न खल्तीबाट टिकट काट्न सकिनेछ।

यस शृंखलाका लागि सबै तयारी पूरा भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। संघले शनिबार साँझ त्रिवि क्रिकेट मैदानमा फ्लडलाइटको पनि परीक्षण गरेको छ।