आज बढ्यो सुनको भाउ, चाँदी पनि थप महँगियो

 संवाददाता    २०८३, ६ बैशाख आईतवार ११:२९     209 जनाले पढ़िसके



Spread the love

आज सुनचाँदीकै मूल्य बढेको छ। सुनको मूल्य आज तोलामा १२ सय रुपैयाँ बढेर ३ लाख १ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

केही दिन लगातार बढ्दै आएको सुनचाँदीकै मूल्य गएको शुक्रबार घटेको थियो।

सुनको मूल्य शुक्रबार तोलामा ३ हजार रुपैयाँ घटेर २ लाख ९९ हजार ८ सय रुपैयाँमा झरेको थियो। बिहीबार र शुक्रबार सुनको भाउ तोलामा ६१ सय रुपैयाँ बढेको थियो।

त्यसैगरि आज चाँदीको भाउ पनि तोलामा ९५ रुपैयाँ बढेर ५ हजार २२५ कायम भएको छ।

गएको शुक्रबार तोलामा १२० रुपैयाँ घटेर चाँदीको भाउ ५ हजार १३० रुपैयाँमा झरेको तियो।