नेपालले यूएईविरूद्धको दुई खेलको टी–२० सिरिजका लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा टोली घोषणा गरेको छ। दीपेन्द्र नेतृत्वको टोलीमा रोहित पौडेल छैनन्।
केही नयाँले टोलीमा मौका पाउँदा केहीले पुनरागमन गरेका छन्। कुशल मल्लले पुनरागमन गरेका छन् भने सन्तोष यादवले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्।
टोलीमा सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुलशन झा, लोकेश बम र नन्दन यादव छन्। यस्तै सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, शहाब आलम र शेर मल्लले पनि १५ सदस्यीय टोलीमा स्थान बनाएका छन्। रिजर्भमा प्रतिश जीसी, नारायण जोशी र राशिद खानलाई राखिएको छ।
नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को सिरिजअघि यूएईसँग टी–२० सिरिज खेल्न लागेको हो। नेपाल र यूएईबीच वैशाख ६ र ७ गते दुई खेल हुँदै छ। दुवै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजेपछि हुनेछन्।
त्यसपछि नेपालले लिग–२ अन्तर्गत दुई महिनामा दुई वटा सिरिज आयोजना गर्दै छ। नेपाल, ओमान र यूएईबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजसहित नेपाल, अमेरिका र स्कटल्यान्डबीच सिरिज हुन लागेको हो।