६१ सयले बढेको सुनको मूल्यमा गिरावट, चाँदीको भाउ पनि घट्यो

 संवाददाता    २०८३, ४ बैशाख शुक्रबार ११:३७     238 जनाले पढ़िसके



Spread the love

विगत केही दिनदेखि लगातार बढ्दै आएको सुनचाँदीकै मूल्य आज घटेको छ।

सुनको मूल्य आज तोलामा ३ हजार रुपैयाँ घटेर २ लाख ९९ हजार ८ सय रुपैयाँमा झरेको हो।

बिहीबार र शुक्रबार सुनको भाउ तोलामा ६१ सय रुपैयाँ बढेको थियो। हिजो सुनको भाउ तोलाको ३ लाख २ हजार आठसय रुपैयाँ थियो।

त्यसैगरि आज चाँदीको भाउ पनि तोलामा १२० रुपैयाँ घटेर ५ हजार १३० रुपैयाँमा झरेको छ।